विशेषण र यसका प्रकार

Get Started. It's Free
or sign up with your email address
विशेषण र यसका प्रकार by Mind Map: विशेषण र यसका प्रकार

1. नामपदलाई सङ्ख्याले तोकेर बुझाउने विशेषणलाई सङ्ख्याबोधक विशेषण भनिन्छ । जस्तै प्रथम द्वितीय एक दुई दश सय आदि

2. सङ्ख्याबोधक विशेषण

3. सार्वनामिक विशेषण

3.1. नामको अगाडि आउने सर्वनामलाई सार्वनामिक विशेषण भनिन्छ जस्तै यो घर त्यो रुख यी किताब ती मान्छे आदि

4. नाम वा सर्वनामको गुण दोष आदि विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ । नाम वा सर्वनामसित कस्तो कति कुन कत्रो जस्ता प्रश्न गर्दा आउने उत्तर नै विशेषण हुन् ।

5. भेदक विशेषण

5.1. नाम वा सर्वनाममाथि स्वामित्व देखाउने विशेषणलाई भेदक विशेषण भनिन्छ । नाम वा सर्वनाममा षष्ठी विभक्तिका को का की रो रा री नो ना नी आदि जोडिएर यी विशेषण बन्दछन् । जस्तै रामको उसको उनकी मेरो आफ्ना आफ्नी आदि

6. गुणबोधक विशेषण

6.1. नामको गुण दोष रङ आकार आदि बुझाउने विशेषणलाई गुणबोधक भनिन्छ । जस्तै गरिब पिरो तितो कालो होचो ठुलो नेपाली झापाली आदि

7. परिमाणबोधक विशेषण कुनै वस्तुको यति उति भन्ने तौल वा मत्रालाई बुझाउने विशेषणलाई परिमाणबोधक विशेषण भनिन्छ । जस्तै अलिकति थोरै धेरै प्रशस्त यति उति कति आदि